Header Ads

बाम सरकार गठन पछिको सेयर बजार

Raju Pauel's
Blog


देश अहिले चुनाव  सम्पन्न गरेर नयाँ सरकार गठनको प्रक्रियामा छ धेरै लगानीकर्ताहरु को चासो बाम सरकार बने पछि सेयर बजार कता जान्छ ? बाम सरकार बनेपछि नेपाली सेयर बजार को भबिस्य के हुन्छ ? भन्ने छ । मैले विभिन्न अन्लाईन पत्रीकामा लेखेका लेखहरु र विभिन्न टेलिभिजन अन्तर्वार्ता मा बार बार भन्ने गरेको छु बाम सरकार बने पछि सेयर बजारले एउटा गति लिनेछ  बाम सरकारले बजारलाई सकारात्मक असर गर्ने छ । किन गति लिन्छ भन्दा अब बन्ने सरकार नौ महिनामा परिवर्तन हुने सरकार होइन स्थिर सरकार हो स्थिर सरकार बनेपछि पक्कै पनि देशमा आर्थिक बिकास हुन्छ आर्थिक बिकास र सेयर बजार एउटा सिक्का का दुई वाट पाटा हुन जति जति देशले आर्थिक बिकास गर्दै जान्छ तेति तेति सेयर बजारमा त्यसको सकारात्मक असर पर्दै जानेछ  । अब हुने वाला प्रधानमन्त्री केपी शर्मा ओलि जि ले पनि बार बार विभिन्न कार्यक्रम र विभिन्न सेयर बजारसँग सम्बन्धि निकायहरुलाई  भन्ने गर्नु भएको छ हाम्रो सरकार बनेपछि सेयर बजारलाई राम्रो गर्छौ सेयर बजार राम्रो हुन्छ तपाईहरु निर्धक्क भएर लगानी गर्नुहोस् । त्यसकारण तपाईहरु के कुरामा ढुक्क हुनुहोस् भने बाम सरकार बनेपछि सेयर बजारमा सकारात्मक असर पर्छ । बाम सरकारले सेयर बजारलाई अनुकूल हुने निति र कार्यक्रम ल्याउने छ । पाँच बर्ष मा देशको आर्थिक विकास कसरी गर्ने भनेर डाक्टर युवराज खतिवडा को नेतृत्व मा आर्थिक खाका कोर्ने  एउटा टिम बनाई सकेको छ । भारत र चिनले नयाँ सरकार सँग मिलेर काम गर्न हामि आतुर छौ भनिसकेका  छ्न त्यस कारण बाम सरकार सँग लगानी कर्ता तर्सनु पर्ने कुनै पनि कारण छैन ।
       चुनाव पछी बजार बढछ भन्ने आसाम धेरै लगानी कर्ता बसेका थिए तर चुनाव पछि पनि बजार निरन्तर ओरालो लाग्दा  लगानी कर्तामा निराशा छाएको छ । अहिले बजार घटने प्रमुख तीन कारण छ्न पहिलो बैंकहरुले बचत को ब्याजदर मा गरेको वृद्धि दोस्रो भ्याट प्रकरण र तेस्रो नयाँ सरकार निर्माण मा भएको ढिलाई हो । यी तीन वटै कारण अल्पकालीन हुन तरलता को समस्या चुनावमा बैंक हरु बाट बाहिरीको करिव २० अर्ब रुपैयाँ अब छिटैनी बैन्किङ च्यानल मा आउनेछ त्यस पछि तरलता समस्या समाधान हुनेछ भ्याट को समस्या पनि हामी समाधान गर्छौ भनेर ओलि ज्युले भनी सक्नु भएको छ र नयाँ  सरकार पनि माघ को मध्य तिर बन्नेनी छ । सरकार निर्माण पछि सरकारका निति र कार्यक्रम आउने छ आर्थिक निति आउने छ  जुन आर्थिक निति सेयर बजार अनुकूल आउने छ । त्यस कारण बाम सरकार सँग लगानी कर्ता तर्सनु पर्ने कुनै पनि कारण छैन ।
       अर्को कुरा  हिजो मात्र  गैर आवसिय नेपाली संघ का वर्तमान अध्यक्ष र पुर्व अध्यक्षले धितोपत्र बोर्ड का अध्यक्ष रेवत बहादुर कार्किलाई भेटेर गैर आवसिय नेपालीहरु लाई नेपाली सेयर बजारमा संस्थागत लगानी गर्ने वातावरण को लागी नितिनियम छिटो ल्याउन पर्यो भन्ने कुरा आएको छ यो समाचार बजारलाई सकारात्मक बनाउने एउटा राम्रो मसला हो । नयाँ सरकार को निर्माण पछि अन्लाईन ट्रेडिङ को काम पनि छिटो छिरितो हुनेछ ब्रोकर कम्पनीहरुलाई मार्जिन ल्यन्डिङ र डिलरसिपको सुबिधा  दिने काम अन्तिम चरणमा पुगेको छ । बैंकहरु लाई ब्रोकर लाईसेन्स दिने कुरा चलिरहेको छ यो काम पनि तुरुन्तै गर्नु पर्छ भन्ने आम लगानी कर्ता को जोडदार माग छ यो माग लाई नयाँ सरकार का अर्थमन्त्री ले सम्बोधन गर्नै पर्छ । बजार निर्माता ल्याउने  कुरा चलिरहेको छ यो पनि बजार को लागी सकारात्मक कुरा हो । सेयर बजारको ज्ञान दिन विभिन्न स्थानमा धितोपत्र बोर्डले कार्यक्रम संचालन गर्दै आएको छ यस्ता कार्यक्रमहरु लाई अझ व्यापक बनाउनु पर्दछ । बिधालय तहदेखि सेयर र सेयर बजारको ज्ञान दिने बिषय बस्तु पाठ्यसामग्री मा समटने कुरा चलेको छ यो पनि सकारात्मक कुरा हो ।
      अब केन्द्रिय सरकार निर्माण सँगै परदेश का सरकार बन्ने छ्न देश अब  आधिकारिक रुपमा संघीयता मा जाँदैछ । अब देश राजनीतिक क्रान्ति  पुरा गरि आर्थिक क्रान्ति तिर लम्कने अवस्थामा पुग्दैछ । नयाँ सरकारको निर्माण पछि देशमा  विकास का मुहान फुटने छन पुजी बजारलाई नकारात्मक असर गर्ने कुनै नकारात्मक नीति र नियम आउने छैन बरु देशमा राजनीतिक स्थायित्व र बिकास वहार आउने छ ।
  हाम्रो सेयर बजारमा वित्तीय कम्पनी को बाहुल्यता छ अब बैंकहरु ले आठ अर्ब पुजि पुर्याई सके पछि हकप्रद सेयर को बाढी पनि आउने छैन फलस्वरूप अहिले देखिएको अत्यधिक आपूर्ति समस्या समाधान हुनेछ गैर आवसिय नेपालीहरु को नेपाली पुँजी बजारमा प्रवेश सँगै अत्यधिक सेयर आपूर्ति को समस्या समाधान हुने नि छ । अब कम्पनी हरुको बाँकी तीन वटा त्रैमासिक रिपोर्ट पनि राम्रो आउने छ ।
     अब देशमा  स्थिर सरकार बन्दैछ जुन सरकारले पाँच बर्ष सम्म सरकार चलाउनेछ । नौ नौ महिनामा सरकार बनाउने र गिराउने प्रथाको अन्ते हुनेछ देशमा आर्थिक विकासका मुल फुटनेछन । अहिलेसम्म का चुनावी बर्षमा आर्थिक वृद्धिदर बढेको छ  । आर्थिक वृद्धि र सेयर बजार एउटा सिक्का का दुई वटा पाटा हुन आर्थिक वृद्धिदर बढदा त्यसको सकारात्मक असर सेयर बजारमा देखिन्छ । संघीयता कार्यान्वयन सँगै  सातै प्रदेशमा विकास को प्रतिस्पर्धा चल्ने छ । सबै स्थानिय निकायमा बैंक तथा वित्तीय संस्था पुग्ने छ्न । त्यहाँ रहेको स-सानो पुजि परिचालन गर्न वित्तीय कम्पनीहरुले महत्त्वपूर्ण भुमिका खेल्ने छन । तिव्र गतिमा विद्युत उत्पादन हुनेछ फलस्वरूप देश औद्योगिक तथा कृषि क्रान्ति तिर जानेछ वैदेशिक लगानी को होइरो लाग्ने छ । लाखौ पर्यटक बर्षै पिच्छे नेपाल भित्रने छ्न पर्यटन व्यावसायले एउटा फडको मार्नेछ । Real sector का कम्पनीहरु फस्टाउने छन जुन कम्पनी नेप्सेमा सुचिकृत हुनेछ्न । Real sector का कम्पनीहरु ले पनि Ipo निकाल्ने कुरा आईरहेको छ । शिवम सिमेन्ट र डिस होमले अब छिटै Ipo जारी गर्दैछ्न यो भनेको सेयर बजारको लागी सकारात्मक कुरा हो । अब हाम्रो बजारमा पनि लगानीका विविध क्षेत्र हुने छ्न ।  यो बर्ष नेपाल को आर्थिक वृद्धिदर लगभग ६-७% हुनेछ भन्ने  प्रक्षेपण गरिएको छ सोभाबिक रुपमा चुनावी बर्षमा आर्थिक वृद्धिदर बढनेनि छ   । एकातिर यो बर्ष राजनितीक स्थायित्व हुने र सबै आर्थिक सुचक सकारात्मक रहेको  अवस्थामा छ भने अर्को तिर वर्तमान नेप्सेले प्रभावकारी रुपमा काम गर्न नसकेर अर्को निजि नेप्से ल्याउने चर्चा छ । अर्को नेप्से आउँदा स्वाभाविक रूपमा प्रतिस्पर्धा बढेर बजार मा अझ सुधार हुने अपेक्षा गर्न सकिन्छ उदाहरणको लागी  Ncl को आगमन पछि नेपाल टेलिकममा आएको सुधारलाई लिन सकिन्छ । यी विविध कारणले गर्दा नेपाली सेयर बजारको भबिस्य ज्यादै सुनौलो छ । त्यस कारण अहिले लगानीकर्ता हरु अन्योलमा पर्नु पर्ने कुनै पनि कारण छैन । अहिले सेयर बेचेर बजार बाट बाहिरीने समय हुदै होईन अहिले ज्यादै सस्तो मुल्यमा राम्रा राम्रा कम्पनीको सेयर किन्ने अवसर छ  । यो समयमा तपाईहरुले राम्रा राम्रा कम्पनी का सेयर खरिद गरि राम्रो पोर्टफोलियो बनाउने  ज्यादै उपयुक्त अवसर छ भन्ने मलाई लाग्दछ । तर घटदो बजारमा आफू सँग भएको सबै पैसा लगानी नगरी घट्दो बजार बाट फाईदा लिन भने नचुक्नु होला  ।  "जय शेयर बजार"
Powered by Blogger.